Logo
Logo

पुँजी बजारको समस्या समाधान राष्ट्र बैंकलाई निर्देशन


1k
Shares

काठमाडौं । शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिबारे अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको जनाको छ ।

राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमबार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेका छन् ।

कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरे । कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न भन्दै अर्थमन्त्री शर्माले गभर्नर अधिकारीलाई निर्देशन दिएका छन् ।

जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाएको अर्थमन्त्री शर्माको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्