Logo
Logo

सभामुखलाई महेशको चेतावनी- २३ गते प्रमुख प्रतिपक्षी देख्नुहुनेछ


27.9k
Shares

काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटाको विरोध संसद्‌मा नै गर्ने चेतावनी दिएका छन् । युवा संघले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सभामुखले राजनीतिक पूर्वाग्रह नत्यागे संसद्मै विरोध चेतावनी दिएका हुन् ।

एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुख सापकोटाले एमालेप्रति पूर्वाग्रह राखेको माओवादी अध्यक्ष पुष्पकमल दाहालको इशारामा चलेको आरोप लगाए । उनले भने, ‘प्रचण्डको कार्यकर्ता बनेर सदनमा आउनुभयो भने २३ गते तपाईंसँग हाम्रो प्रत्यक्ष भेटघाट हुनेछ, प्रमुख प्रतिपक्षी देख्नुहुनेछ ।’

सांसद बस्नेतले एमालेबाट विभाजित भएर गठन भएको नेकपा (एकीकृत समाजवादी)ले एमालेलाई चुनौती दिन नसक्ने दाबी गरे । माधव नेपाले हात्तीजत्रो पार्टी फुटाएर बोका जत्रो बनाएको आरोप पनि लगाए ।

उनले भने, ‘नेता माधव नेपालले २०६४ को निर्वाचनमा हात्तीजत्रो पार्टीको जिम्मा लिएर बोकोजत्रो बनाएपछि नैतिकताको आधारमा राजीनामा दिएर नेपालको राजनीतिबाट विलय हुने स्थितिमा पुग्नुभयो ।’

प्रतिक्रिया दिनुहोस्