Logo
Logo

तुइन घटनाको पाँच सातापछि भारतलाई पत्र


252
Shares

काठमाडौं । भारतीय सशस्त्र सीमा बल (एसएसबी) का सुरक्षाकर्मीले तुइन खुस्काइदिएपछि दार्चुलाका जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएको घटना र नेपाली आकाशमा हेलिकोप्टर उडाएको विषयमा आपत्ति जनाउँदै सरकारले भारतलाई पत्र पठाएको छ । दुवै घटनामा भारतको संलग्नता रहेको भन्दै नेपालस्थित भारतीय दूतावासमार्फत कूटनीतिक पत्र पठाइएको हो ।

यसअघि यस प्रकृतिका पत्र दिल्लीस्थित नेपाली दूतावासमार्फत वासिधै भारतीय विदेश मन्त्रालयमा पठाउने गरिए पनि योपल्ट भने भारतीय दूतावासमा बुझाइएको हो । स्रोतका अनुसार तुइन घटनामा एसएसबी जिम्मेवार रहेकोमा आपत्ति जनाउँदै संलग्न सुरक्षाकर्मीलाई कारबाहीको दायरामा ल्याउन र बेपत्ता रहेका धामीका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन पत्रमार्फत भनिएको छ । त्यस्तै, भारतीय हेलिकोप्टर बिनाअनुमति नेपाली आकाशमा उडाइएकोमा गम्भीर ध्यानाकर्षण गराउँदै यस्ता गतिविधि आगामी दिनमा दोहोरिन नदिन ध्यानाकर्षण गराइएको छ ।

गृह मन्त्रालयले तुइन घटनाबारे भारतलाई कूटनीतिक पत्र पठाउन आग्रह गर्दै परराष्ट्रलाई भदौ १७ मा पत्राचार गरेको थियो । त्यसकै भोलिपल्ट भारतीय हेलिकोप्टर नेपाली आकाशमा उडेकोबारे कूटनीतिक नोट पठाउन आग्रह गर्दै पत्र लेखेको थियो । तर परराष्ट्रले आलटाल गरेकोमा चौतर्फी विरोध भएपछि बल्ल सोमबार पत्र पठाइएको हो ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्