Logo
Logo

ओलीको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश


4.2k
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेकाे छ ।

ओलीले अन्तरिम आदेशको माग गरे पनि सर्वोच्चले अन्तरिम आदेश नदिइ दुवै पक्षलाई भदौ २८ गते दुबै छलफलमा बोलाएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले अन्तरिम आदेश नदिई, अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफलका लागि भदौ २८ गते दुवैपक्षलाई बोलाएको हो ।

एमालेले १४ सांसदलाई दलबाट निष्कासन गरेको कारबाहीलाई सभामुख सापकोटाले मान्यता नदिएको भन्दै अध्यक्ष ओलीले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । एमालेले माधवकुमार नेपालसहित १४ सांसदले ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरी संसद सचिवालयलाई जानकारी गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्