Logo
Logo

काठमाडौंका सिडिओ फेरिए


567
Shares

काठमाडौं । गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरेको छ । गृहले कालीप्रसाद पराजुलीलाई मन्त्रालयमा तानेर उनको ठाउँमा सामान्य प्रशासन महाशाखाका सहसचिव गोविन्दप्रसाद रिजाललाई पठाइएको हो ।

गृहमन्त्री बालकृष्ण खाणको मन्त्रीस्तरीय निर्णयबाट पराजुलीलाई हटाएर रिजाललाई ल्याइएको बताइएको छ । रिजाल विगत ४ महिनादेखि गृहमन्त्रालयको प्रशासन महाशाखा प्रमुखका रूपमा कार्यरत थिए । रिजाल गृह प्रशासनका अनुभवी प्रशासकका रूपमा चिनिन्छन् ।

जाजरकोट, सल्यान, कैलाली, दाङ, रौतहट र मकवानपुरमा प्रमुख जिल्ला अधिकारी भइसकेको रिजाल लामो समय जिल्लामा सिडिओका रुपमा जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्