Logo
Logo

एमसीसीविरुद्ध विप्लव समूहद्वारा आन्दोलन घोषणा


567
Shares

काठमाडौं । नेत्रवीक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मीलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा आन्दोलनको घोषणा गरेको छ ।

विप्लव नेतृत्वको नेकपाले मंगलबार विज्ञप्ति जारी गर्दै एमसिसीको विरोधमा आन्दोलनको घोषणा गरेको हो । अहिले सत्तारुढ गठबन्धनले संसदबाट अनुमोदन गराउने तयारी गरिरहेको छ ।

भदौ २३ गते देशभरका सबै जिल्लाहरु, स्थानीय तह र सहरहरुमा कोणसभा गर्नेछ । यस्तै भदौ २५ गते देशव्यापी विरोध प्रर्दशन, २६ गते एमसीसी सम्झौताको कागजात जलाउने विप्लव नेतृत्वको नेकपाले जनाएको छ ।

त्यस्तै भदौ २७ गते जिल्ला सदरमुकाम र ठूला सहरहरुमा सिटी जुलुस र भदौ २८ गते पार्टीका महासचिव विप्लवले सम्बोधन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्