Logo
Logo

दार्चुला घटनाबारेको अध्ययन प्रतिवेदन सदनमा पेस हुने


1.1k
Shares

काठमाडौं । दार्चुला घटनाबारे अध्ययन गर्न सरकारले बनाएको समितिको प्रतिवेदन बुधबार संसदमा पेस हुने भएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले बुधबार प्रतिवेदन सदनमा पेस गर्ने भएका हुन् । सरकारले भारतीय सशस्त्र प्रहरी बल (एसएसबी)ले तुइन काटिदिँदा जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएको भनिएको विषयमा अध्ययन गर्न समिति बनाएको थियो ।

समितिले दुई साता बढी लगाएर गरेको अनुसन्धानपछि निर्माण गरिएको प्रतिवेदन सरकारलाई यसअघि नै बुझाइएको छ । सोही प्रतिवेदन बुधबारको बैठकमा पेस गर्ने बारे कांग्रेस संसदीय दलको बैठकमा समेत छलफल भएको सचेतक पुस्पा भुसालले जानकारी दिइन् ।

प्रतिवेदनका आधारमा धामीको परिवारलाई क्षतिपूर्ति दिलाइदिन भारतसँग कुटनीतिक रूपमा छलफल गर्नुपर्ने भन्दै गृहले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिसकेको छ ।

भारतलाई पठाएको कूटनीतिक नोटबारे पनि सदनलाई जानकारी दिन लागिएकाे हाे । यता, भारतले भने समितिको प्रतिवेदनमा कुनै प्रतिक्रिया नरहेको जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्