Logo
Logo

सरकारले छिट्टै पूर्णता पाउँछ : प्रधानमन्त्री देउवा


945
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन दलहरुसँग छलफल तथा परामर्श गरेर सरकारलाई शीघ्र पूर्णता दिने बताएका छन् । कांग्रेस संसदीय दलको आज बसेको बैठकमा सांसदले राखेको जिज्ञासामा उनले सो जानकारी गराएका हुन् ।

कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले आफ्ना दलका सांसदलाई बुुधबारदेखि प्रारम्भ हुने संसद् बैठकमा अनिवार्य उपस्थित भएर प्रभावकारी भूमिका निर्वाह गर्नसमेत निर्देशन दिए ।

प्रधानमन्त्री देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का बारेमा यो नेपालको विकासका लागि महत्वपूर्ण भएको र यो परियोजना एकाएक नभई लामो प्रक्रिया पुर्याएर आएको बारेमा धारणा व्यक्त गरेको पार्टी सचेतक पुष्पा भुसालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्