Logo
Logo

विकासको लक्ष्य हासिल गर्न लगानी आवश्यक : प्रधानमन्त्री


441
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विकासको लक्ष्य हासिल गर्न लगानी अभाव भएको बताएका छन् । बुधबार लगानी बोर्ड नेपालको १०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

उनले भने, ‘राजनीतिक स्थायित्व प्राप्त भएसँगै हामी आर्थिक वृद्धि र समृद्धिको यात्रातर्फ अघि बढेका छौँ, नेपालले सन् २०२३÷२४ सम्म अल्पविकसित मुलुकबाट विकाशील मुलुकमा र सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकमा स्तरोन्नती हुने लक्ष्य निर्धारण गरेको छ ।’
उनले सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्न चाहेको बताउँदै ती लक्ष्य भेट्न पर्याप्त लगानी आवश्यक रहेको बताए । उनले अहिले वार्षिक रूपमा नेपालमा ६ अर्ब डलर वित्तीय रिक्तता छ ।

सरकारले राष्ट्रिय प्राथमिकताप्राप्त परियोजनामा निजी क्षेत्रको लगानी आवश्यक रहेको र यस्ता परियोजना सार्वजनिक–निजी–साझेदारी (पीपीपी) अवधारणाअन्तर्गत अघि बढाउन उपयुक्त रहेको उनको भनाइ छ । प्रधानमन्त्री देउवाले लगानीकर्तालाई ठूला पूर्वाधार परियोजनामा आकर्षित गर्न र लगानी जुटाउन लगानी बोर्डलाई प्रमुख निकाय तोकिएको बताए ।

प्रधानमन्त्री देउवाले भने, ‘१० वर्षमा बोर्डले परिवर्तनकारी परियोजनामा लगिानी वातावरण सहजीकरण गरी नेपालको आर्थिक समृद्धिमा योगदान दिएको छ । लगानी ढाँचालाई क्रान्तिकारी बनाउन नीतिगत बहसमार्फत पनि योगदान दिएको छ ।’

प्रतिक्रिया दिनुहोस्