Logo
Logo

सरकार नै लोकतन्त्र समाप्त गर्न लागिपरेको छ : ओली


315
Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रलाई समाप्त पार्न सरकार नै लागि परेकाले आरोप लगाएका छन् । बुधबार एमाले संसदीय दलको बैठकपछि सांसदहरुले राखेको जिज्ञासाको जवाफमा ओलीले यस्तो आरोप लगाएका हुन् ।

अध्यक्ष ओलीले अहिले देश नै गम्भीर अवस्थामा रहेको बताएँदै भने, ‘कथित गठबन्धनमा लोकतन्त्र मास्न लागेकाहरू छन् । लोकतन्त्र मास्ने प्रयासले देश गम्भीर मोडमा पुगेको छ ।’ उनले सत्तारुढ गठबन्धन आफ्नो स्वार्थका लागि मात्रै काम गरिरहेको भन्दै जे गर्न पनि तयार हुने र दृष्टिकोणविहीन मानिसहरु भएको गठबन्धनबाट लोकतन्त्रको रक्षा हुन नसक्ने दावी गरे ।

लोकतान्त्रिक विधि, पद्धति र प्रक्रियाबाट आएको होइन सरकारले एमालेले कारवाही गरेका १४ संसदमाथिको सूचना ननिकालेर सभामुख पार्टीको लाचार छाया भएको आरोप लगाए ।

बैठकमा उनले भने, ‘बैठक चालु छ, संसद् चालु छ । त्यस्तो अवस्थामा अचानक अधिवेशन बन्द गर्ने र बिहानै अध्यादेश ल्याउने ?’ अध्यादेशको मस्यौदा तयार गर्ने ठाउँ बूढानीलकण्ठ, कोटेश्वर वा खुमलटारमा नभए पनि गठबन्धनले त्यसै गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्