Logo
Logo

‘एमसीसीबारे धारणा बनाउन हतार नगरौँ’


1.1k
Shares

काठमाडौं । नेकपा एमालेले एमसीसीबारे तत्काल कुनै धारणा नबनाउने भएको छ । बुधबार संसदीय दलको बैठकमा सांसदहरुले एमसीसीबारे पार्टीको धारणा मागेका थिए । सोक्रममा अध्यक्ष तथा दलका नेता केपी शर्मा ओलीले यसबारे धारणा बनाउन हतार गर्न जरुरी नभएको बताए ।

‘नो एमसीसी’ भनेको भन्दै धेरै सांसदले त्यसविपरीत जान नहुने बताएका थिए । जवाफमा अध्यक्ष ओलीले एमसीसीबारे बुद्धिजिवी र दलहरुको मत सुन्ने र डकुमेन्टहरु पनि अध्ययन गर्ने बताउँदै ओलीले भने, ‘पास गर्ने जिम्मा पनि हाम्रो होइन, सम्झौता हामीले गरेको पनि होइन । प्रस्ताव आयो भने गम्भीरतापूर्वक छलफल गर्छौँ र धारणा बनाउँछौँ ।’

उनले देश र जनताको हित र कहिलेकाहिं आम जनताको एउटा धारणा हुने बताउँदै त्यसविरुद्ध नजाने बताए ।

प्रतिक्रिया दिनुहोस्