Logo
Logo

एकीकृत समाजवादी बाजुरा जिल्लामा नेताहरुको जिम्मेवारी बाँडफाँड


6.6k
Shares

बाजुरा । नेकपा (एकिकृत समाजवादी) बाजुराको प्रथम विस्तारित बैठकले नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको छ ।

आज पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादी बाजुराका अध्यक्ष गगन रावलले बिभिन्न विभाग र प्रमुखहरु तोकिएको निर्णय सार्वजनिक गरेका छन् ।

अध्यक्ष रावलका अनुसार संगठन विभाग प्रमुखमा निरबहादुर शाही, स्कुल विभाग प्रमुखमा नवराज जैशी, आर्थिक तथा योजना विभाग प्रमुखमा चिरन्जीवी शाही, प्रचार तथा प्रकाशन विभाग प्रमुखमा प्रेमबहादुर विक, युवा तथा खेलकुद विभागमा धर्म शाही, उद्योग तथा बाणिज्य विभागमा मानबहादुर कुँवर, सहकारी विभागमा अशोक रावल, शिक्षा तथा मानवश्रोत विभागमा पुर्ण बुढा, पुस्तकालय तथा अभिलेख विभागमा दिर्घराज पाध्याय, कला साँस्कृतिक तथा संरक्षण विभागमा लालबहादुर थापा र स्थानीय विभागमा भरत थापालाई प्रमुख बनाउँने निर्णय भएको छ ।

त्यस्तै पार्टीका कामलाई स्थानीय तहहरुमा परिचालित र निर्देशित गर्न ९ वटै स्थानीय तहमा इन्चार्ज तोकिएको छ । मध्य बडीमालिका नगरपालिकामा काँशी नेपाली, बुढीनन्दा नगरपालिकामा तेज बहादुर रावत, बुढीगंगा नगरपालिकामा भरत थापा र त्रिवेणी नगरपालिकामा शेरबहादुर शाहीलाई इन्चार्ज तोकिएको छ ।

यसैगरी गाउँपालिका तर्फको इन्चार्जहरुमा स्वामीकार्तिक खापरमा रत्नचन्द्र जोशी, जगन्नाथमा दिपराज गिरी, गौमुलमा गणेश रोकाया, खप्तड छेडेदहमा खगेन्द्र नाथ र हिमाली गाउँपालिकामा पुर्णबहादुर रावतलाई इन्चार्जको जिम्मेवारी तोकिएको छ ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य हिक्मतजंङ्ग शाहीले आफूहरुले निर्माण गरेको पार्टी संगठन तहसनहस हुन लागेको देखेर त्यसको पुर्नगठन गर्न लागिएको बताए ।

सोही पत्रकार सम्मेलनमा एकीकृत समाजवादीको भातृसंगठन युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेश शाहीले पार्टी र संगठन निर्माणको कामलाई तिब्र गतिमा गाउँ गाउँसम्म हुने बताए ।

प्रतिक्रिया दिनुहोस्