काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा बैठक पुनः अवरुद्ध पारेको छ । १५ मिनेटका लागि स्थगित भएर सुचारु भएको बैठक एमालेले अवरुद्ध गरेको हो ।
पार्टीले कारबाही गरेका माधव कुमार नेपालसहितका १४ सांसद्लाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले बैठक अवरुद्ध गरेको हो ।सुरुको एमालेका प्रमुख सचेतक विशाल भट्टराइले बोले लगत्तै एमाले सांसदहरुले उठेर नाराबाजी सुरु गरेका थिए ।
स्थगित भएको बैठक सुचारु हुनसाथ उनीहरुले सभामुख विरुद्ध नाराबाजी गर्दै बैठक अवरुद्ध पारेको हो । बैठक अवरुद्ध गरेका सभामुख सापकोटाले यस बीचमा एमालेका प्रमुख सचेतक तथा सचेतकसँग छलफलसमेत गरेका थिए ।