काठमाडाैं । सरकारले एमालेकाे अवरोधकाबीच राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधि सभामा पेश गरेको छ ।
प्रतिनिधि सभाको तेस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले अध्यादेश पेश गरेका हुन् । एमाले सांसदहरूले नाराबाजी गरिरहेकै बेलामा सभामुखले गृहमन्त्री खाँणलाई समय दिएपछि उनी रोस्टममा पुगेर अध्यादेश पेस गरेका हुन् ।
त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक २५ गते सम्मका लागि स्थगित गरेका छन् ।