Logo
Logo

संसदमा एमालेले औकात देखाएको रामकुमारी झाँक्रीको टिप्पणी


3.2k
Shares

तस्वीर : दृष्टि फाइल

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)की सांसद रामकुमारी झाँक्रीले बुधबार बसेको संघीय संसदको बैठकमा एमालेले आफ्नो औकात देखाएको टिप्पणी गरेकी छन् ।

प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सांसद झाँक्रीले एमालेले आफ्नो औकात र चरित्र अनुसारको व्यवहार सदनमा गरेको बताइन् ।

‘यस्ता स्तरहीन चरित्रका विषयमा प्रतिक्रिया दिन मन छैन’, उनले भनिन् ‘उहाँहरुको औकात अनुसार काम गर्नु भएको छ।’ उनले संसदको हत्यार गर्नेले एकीकृत समाजवादी र पार्टीका सांसदलाई गैरसांसद भन्नुमा कुनै आश्चर्य नभएको समेत प्रतिक्रिया दिइन् ।

बहुमतको सरकार ढालेर बालुवाटारबाट बालकोट पुगेर केपी शर्मा ओलीले खाँबो चिथोरिरहेको झाँक्रीको टिप्पणी छ। उनले भनिन्,‘खड्कप्रसाद ओलीको चाहनाले त यत्तिको उभिनु पनि दिनु हुने थिएन। उहाँको चाहनाले मात्रै नहुँदो रहेछ।’

प्रतिक्रिया दिनुहोस्