काठमाडौं । दुई दिनयता सुनको भाउ लगातार घटेको छ । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रति तोला ९० हजार ६०० रुपैयाँमा झरेको छ । बुधबार तोलाकाे ९० हजार ७०० रुपैयाँमा काराेबार भएकाे थियो । बिहीबार एक सय रुपैयाँ घटेपछि ९० हजार ६०० रुपैयाँ कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजाबी सुनको मूल्य समेत तोलामा एक सय रुपैयाँले नै सस्तिँदै ९० हजार एक सय रुपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य पनि बुधबारको तुलनामा तोलामा १० रुपैयाँले घटेर आज एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार बजारमा चाँदी प्रतितोला एक हजार २२० रुपैयाँमा कारोबार भएको थियो ।