Logo
Logo

स्टार सोफीमा नक्कली स्टिकर


16.3k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल र राजश्व अनुसन्धान विभागको सेटिङमा २ करोड ३५ लाख ६३ हजार रुपैयाँ बराबर मूल्यको नक्कली स्टिकर भदौ ५ गते भैरहवाको डण्डा क्षेत्रबाट पक्राउ परेपछि आफ्नो पोल खुल्ने डरले उक्त नक्कली स्टिकर कुन मदिरा उद्योगले प्रयोग गर्न ल्याएको हो भन्ने कुरा अझै राजस्व अनुसन्धान विभागका प्रमुख राजन बिसीले लुकाएका छन् ।

जबकि, भारतबाट भैरहवाको क्रिस्टल डिष्टिलरीले उक्त नक्कली स्टिकर लु.२ च. २५० नम्बरको गाडीमा ल्याएर भैरहवाको दरखसको एउटा घरमा लुकाएर राखेको सूचना सशस्त्र प्रहरी बल डण्डाका प्रमुख कृष्णप्रसाद अर्याललाई दिएको थियो ।

उक्त सूचनाका आधारमा सशस्त्र प्रहरी बलले लु.२.च. २५० नम्बरको गाडीसहित ८० रोल अन्तःशुल्क लेखिएको नक्कली स्टिकरसहित २३ वर्षीय सहिद अन्सारी र २४ वर्षीय अमानत अलिलाई पक्राउ गरेको थियो ।

समाचार स्रोतका अनुसार उक्त नक्कली स्टिकरका लागि मालिक फुलसिंह क्षेत्रीलाई जोगाउन राजस्व अनुसन्धान विभागका प्रमुख बिसीले पक्राउ परेका दुई जनालाई समेत तारेखमा छाडेबाट यसमा गिरी, अर्याल र क्षेत्रीको साँठगाँठ भएको देखिन्छ ।

फुलसिंह क्षेत्री पटक–पटक नक्कली स्टिकर प्रकरणमा पक्राउ परेका व्यक्ति हुन् । उनले यसपटक आफू जोगिन रेन्बो डिष्टिलरीमा प्रयोग हुने अन्तःशुल्कको सिरियल नम्बर प्रयोग गरेर नक्कली स्टिकर भित्र्याएका थिए ।

यस विषयमा बुटवल राजस्व अनुसन्धान विभागले फितलो अनुसन्धान गरेर फुलसिंह क्षेत्रीलाई जोगाउने प्रयास गरेपछि आन्तरिक राजस्व विभागका नवनियुक्त महानिर्देशक शोभाकान्त पौडेलको निर्देशनमा भैरहवा आन्तरिक राजस्व कार्यालयले अनुसन्धान थालेको छ ।

आन्तरिक राजस्व कार्यालय भैरहवाले रुपन्देही, कपिलवस्तु र नवलपरासीको बजार अनुगमन गर्दा नवलपरासीको दिक्षा स्टोरबाट क्रिस्टल डिष्टिलरीको उत्पादन ‘स्टारसोफी’ ब्राण्डका ५० कार्टुनमध्ये २१ कार्टुन नक्कली स्टिकर टाँसिएको पाइएको घटनाले पनि उक्त नक्कली स्टिकर क्रिष्टल डिष्टिलरीकै भएको पुष्टि हुन्छ ।

आन्तरिक राजस्व विभागका महानिर्देशक पौडेलले अन्तःशुल्क स्टिकर चोरीजस्तो मुद्दामा संलग्न व्यक्तिलाई चाँडोभन्दा चाँडो पक्राउ गरेर जेल चलान गर्ने कुरा दृष्टि न्यूजलाई बताए ।

प्रतिक्रिया दिनुहोस्