काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नारावाजीकै बिच समभामुख अग्नीप्रसाद सापकोटाले संसदको कारवाही अघि बढाएका छन् ।
सभामुखले निष्पक्षता देखाउन नसकेको र पार्टीले निष्कासन गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै नेकपा एमालेले प्रतिनिधिसभाको शुक्रबारको बैठक पनि अवरोध गरेको छ । उक्त अवरोधकै बीच सभामुख सापकोटाले आफू बसेको ठाउँबाट प्रस्ताव पेस गर्न भनेका थिए ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आर्थिक २०७८ लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्न लगाइएपनि उनले प्रस्ताव पेस गर्न वातावरण बनाइदिन आग्रह गरेका छन् ।