Logo
Logo

संसदमा एमालेको अर्मयादित प्रस्तुति : घम्साघम्सीमा भाँचियो टेबल


7.2k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद र मर्यादापालकबीच घम्साघम्सी हुँदा टेबल भाँचिएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठका एमालेका सांसद र मर्यादापालकबीच हुँदा घम्साघम्सीमा सत्ता पक्षको पहिलो लहरको टेबल भाँचिएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले दोस्रो बैठक सुरु हुनासाथ अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक अध्यादेश टेबुल गर्न समय दिएका थिए । त्यस समयमा एमालेका सांसद र मर्यादापालकहरुबीच घम्साघम्सी सुरु भएको थियो ।

पहिलो लहरमा कांग्रेसका महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह र सीतादेवी यादव रहेका थिए । टेबुल भाँचिएपछि कोइराला, सिंह र यादवपछिको लहरमा बस्न गएका थिए ।

एमालेको नारावाजीकै बिच समभामुख अग्नीप्रसाद सापकोटाले संसदको कारवाही अघि बढाएका छन् । बैठकमा बजेटसम्बन्धी तीन विधेयकमाथि छलफल शुरू भएको छ । यसमध्ये आर्थिक अध्यादेश, २०७८ बहुमतले पारित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्