काठमाडौं । सरकारले गम्भीर रोगका बिरामीलाई मासिक पाँच हजार भत्ता दिने भएको छ ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले क्यान्सर, मिर्गौला तथा मेरुदण्डको गम्भीर पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले २०७४ मा पनि क्यान्सर एवम् मिर्गौलाका गम्भीर रोग भएका र स्पाइनल इन्जुरी भएर प्यारालाइसिस भएकाहरुलाई जीविकोपार्जनका लागि मासिक ५ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको थियो।
पछि केपी शर्मा ओली नेतृत्वको सरकारले उक्त निर्णय खारेज गरिदिएको थियो ।