काठमाडौं । सरकारले मातहतका सार्वजनिक संस्थानहरुलाई पूर्ण सरकारी स्वामित्वको कम्पनी मोडेलमा संचालन गरेर पुँजी बजारमा सूचिकृत गर्दै आत्मनिर्भर बनाउने योजना अघि सारेको छ ।
शुक्रबार संसद अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले ‘अर्थसम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयक’ पेस गर्दै सरकारी स्वामित्वका सार्वजनिक संस्थानहरुलाई कम्पनी मोडेलमा संचालन गर्ने नीति अघि सारेका हुन् । प्रतिस्थापन विधेयकमा भनिएको छ– ‘पुँजी बजारमा वित्तीय सुशासन काय गरी सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गरिनेछ । सरकारको मातहत रहेका सम्भाव्य सार्वजनिक संस्थानहरुलाई आवश्यकताअनुसार पूर्ण सरकारी स्वामित्वका कम्पनी मोडेलमा रुपान्तरण गरी पुँजी बजारमा सूचिकृत गर्दै आत्मनिर्भर र लगानीको थप स्रोता जुटाउन सक्षम बनाउँदै लैजाने नीति लिइने छ ।’
पछिल्लो समय नेपाल वायुसेवा निगमलाई नीजिकरण गर्ने विषयमा विवाद चलिरहेकै बेला सरकारले यस्तो नीति अघि सारेको हो ।