Logo
Logo

एमाले विधान महाधिवेशन- तीन हजार प्रतिनिधि सहभागी हुने


1.3k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को विधान महाधिवेशनमा तीन हजार प्रतिनिधि सहभागी हुने भएका छन् ।

एमाले सचिव योगेश भट्टराई विधान महाधिवेशनमा तीन हजार प्रतिनिधि सहभागी हुने बताए । एमालेको जारी स्थायी कमिटी बैठकमा तीन हजार प्रतिनिधि सहभागी हुने बारेमा छलफल भएको उनको भनाइ छ ।

तर, विधान महाधिवेशन प्रतिनिधि को–को हुने र कसरी प्रतिनिधि छनौट गर्ने भन्ने बारेमा कुनै निर्णय अहिले नभएको भट्टराईले बताए । आज बिहान बसेको बैठकमा प्रतिनिधिको बारेमा छलफल भएको र आजै तीन बजे पुनः बस्ने स्थायी कमिटी बैठकले यस बारेमा निर्णय गर्ने उनले बताए ।

विधान महाअधिवेशनमा हालको केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय निकाय, केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि सहभागी गराउने प्रस्ताव पार्टी संगठन विभागले राखेको उनले बताए ।

एमालेमा विगतमा विधान महाधिवेशनमा राष्ट्रिय प्रतिनिधि परिषदका सदस्यहरु सहभागी हुन्थे । तर नवौं महाधिवेशन पछि राष्ट्रिय प्रतिनिधि परिषद सदस्य चुनिएका छैनन् । त्यसैले अन्तरिम व्यवस्था गरेर विधान महाधिवेशनको प्रतिनिधि टुंगो लगाउन लागेको भट्टराईले बताए ।

त्यस्तै दिउँसो ३ बजे हुने बैठकमा विधान महाधिवेशनमा पेश गर्ने राजनीतिक, संगठनिक र विधानसम्बन्धी छुट्टाछुट्टै दस्तावेजमाथि पनि छलफल हुने उनले बताए ।

बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापन) र चालु संसद अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे केन्द्रित भई छलफल भइरहेको छ । बैठकमा नेताहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्