Logo
Logo

एमालेको विधान महाधिवेशन दुई साता सर्‍यो


630
Shares

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन सरेको दुई साता पछि सारेको छ । असोजको ४, ५ र ६ गते महाधिवेशन गर्ने घोषणा गरेको एमालेले मिति सारेर असोज १५, १६ र १७ गते गर्ने भएको छ ।

आज बसेको स्थायी कमिटी बैठकले समय अभावका कारण विधान महाधिवेशन सार्ने निर्णय गरेको प्रचारप्रसार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् ।

आजको बैठकमा विधान महाधिवेशनमा पार्टीका विभिन्न कमिटी तथा निकायबाट करिब ३ हजार प्रतिनिधिले भाग लिने गरी व्यवस्था गर्ने प्रस्ताव आएको र प्रस्तावमा छलफल गरी थप निर्णय गरिने भट्टराईको भनाइ रहेको छ ।

विधान महाधिवेशनका लागि असोज ३ र ४ गते स्थायी समिति बैठक बस्ने, बैठकमा विधान मस्यौदा, राजनीति र सांगठनिक प्रतिवेदनमाथि छलफल भट्टराईले बताए ।

भट्टराईका अनुसार स्थायी कमिटीको बैठकबाट आएका सुझावलाई समेटेर असोज ८ र ९ गतेको केन्द्रीय कमिटी बैठकमा तीनवटा प्रतिवेदन पेस गरिने छ । उक्त प्रतिवेदन केन्द्रीय कमिटीबाट पारित गरेर विधान महाधिवेशनमा लगिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्