Logo
Logo

माधवकुमार नेपालले लिएको बाटो ठीक छैन : अष्टलक्ष्मी शाक्य


504
Shares

काठमाडौं । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपाललाई एमालेमै फर्कन आग्रह गरेकी छन् । माधव नेपालले लिएको बाटो ठीक नभएको भन्दै उनले भनिन्, ‘माधव नेपाल हाम्रो नेता हो, तर आज जीवन त्याग गरेको पार्टी छोडेर आन्दोलन अघि बढाउँछु भन्नुभएको छ यो ठिक होइन, फेरि समिक्षा गर्नुस्, फर्केर आउनुस् ।’

बिहीबार काठमाडौं जिल्लाका एमाले कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै नेतृ शाक्यले भनिन्, ‘मेरो प्रस्ट धारणा छ । माधव नेपालले लिएको बाटो ठिक होइन ।’ उनले नेकपा विभाजनपछि आफु लामो समय बाहिर बस्नुपर्दा धेरै पीडाबोध भएको गुनासो समेत बताइन् ।

वागमती प्रदेशकी मुख्यमन्त्री समेत रहेकी शाक्यले नेकपा विभाजनपछि लामो समय एमाले हुन नसके भन्दै एमालेभन्दा बाहिरै बस्नुपरेको बताइन् । उनले भनिन्, ‘मेरो जिन्दगीमा त्यो बेला सबभन्दा पीडाको समय भयो । म रातभरि सुत्न सकिनँ ।’

उनले एमाले पार्टी बनाउन आफु र आफुजस्तै हजारौँको त्याग र समर्पण रहेकाले बताउँदै पछिल्लो पटक एमाले हुन पाउँदा आफूलाईजस्तै अरुलाई पनि खुसी महशुस भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्