बाजुरा । नेपाली काग्रेसको सातौं जिल्ला अधिवेशनका लागि दुई जनाले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पत्रकार सम्मेलन गर्दै उनीहरुले आगामी नेतृत्वको लागि जिल्ला पाटी सभापतिका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
वर्तमान सभापति कविराज पण्डितले उम्मेदवारी दिने घोषणा गरेको केही दिनपछि महाधिवेशन प्रतिनिधि चक्रबहादुर शाहले पनि जिल्लाको आगामी सातौं जिल्ला अधिवेशनमा आफ्नो सभापतिमा उम्मेदवारी रहने घोषणा गरेका छन् ।
नेपाली काँग्रेस बाजुराका सभापति कविराज पण्डितले पार्टीको १४औं महाधिवेशन तथा सातौँ जिल्ला अधिवेशनका लागि विधान र कार्यकर्ताको भावनाअनुसार सहमतिको सभापतिको उम्मेदवार रहेको बताइन् । उनले आफ्नो नेतृत्वको पार्टीलाई संस्थागत विकास गर्दै पार्टीले स्थानीय तहको निर्वाचनमा ठुलो उपलव्धी हासिल गरेकोले थप संगठित सुदृढीकरण गर्दै लैजानका लागि पार्टीको सातौँ जिल्ला अधिवेशनमा सहमतीको सभापतिको उम्मेदवार जानकारी दिइन् ।
सहभति नभए चुनावको पनि उम्मेदवार हो कि भन्ने प्रश्नमा सभापति पण्डितले चुनावभन्दा पनि सहमतिमै दोस्रो पटक नेतृत्व आफुले लिनेमा जिकिर गरे । पार्टीलाई एकतावद्ध बनाएर जनतामा माझ लैजानका लागि फेरि अवसर दिएमा पार्टीलाई थप बलियो र चलायमान बनाउन र जिल्लाको विकास निर्माणका कार्यमा ध्यान दिने प्रतिक्रिया दिएका छन् ।
पण्डितले जिल्लाका नेता तथा कार्यकर्ताहरुले पुनः पार्टी सभापतिमा दोहोरिन धारणा दिएकाले फेरि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले सातौँ जिल्ला अधिवेशनको तयारी तिव्र रुपमा भइरहेकाले जिल्लाका ६९ वडाका अधिकांश टोलहरुमा टोल कार्यसमिति गठन अन्तिम चरणमा पुगेको बताए ।
निर्माण व्यवसायी शाहद्धारा उमेरदवारी घोषणा
निर्माण व्यवसायी एवं नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि चक्रबहादुर शाहले सभापतिको उमेद्धवारीको घोषणा गर्नुभएको छ । शाहले पत्रकार सम्मेलन मार्फत पार्टीको ७ औँ जिल्ला अधिवेशनका लागि सभापतिको उम्मेदवारी घोषणा गरेका हुन् ।
आफुलाई सभापतिमा बनाउन सबै नेता तथा कार्यक्रताले सहयोग गर्ने अपेक्षा राखेको प्रतिनिधि शाहले बताएका छन् । नेपाली कांग्रेसको बाजुराको सातौँ जिल्ला अधिवेशनलाई एकता अधिवेशन बनाउने बताए ।
आसन्न नेपाली कांग्रेस बाजुराको सातौँ जिल्ला अधिवेशनमा अग्रज व्यत्तित्वहरुले अबको नयाँ पुस्तालाई पार्टी चलाउने जिल्लामा दिएर आफुले अगाडि बढ्ने बताउँदै प्रतिनिधि शाहले पत्रकार सम्मेलनमार्फत आफु सभापतिको उम्मेदवारी हुन सक्षम रहेको बताए ।
बाजुराको क्रियाशील विवाद टुंगियो
नेपाली काँग्रेस बाजुराको क्रियाशील सदस्यताको विवाद टुंगिएको छ । केन्द्रीय विवाद समाधान समितिले बाजुरा र कैलालीको क्रियाशिल सदस्यता पाटीको वेव साइडमा सार्वजनिक गरेको नेपाली काँग्रेस बाजुराले जनाएको छ ।
क्रियाशिल विवादका कारण जिल्लाको वडादेखि जिल्ला अधिवेशन अनिश्चित बनेको थियो । क्रियाशिल सदस्यता सार्वजनिक भएपछि निर्वाचनको प्रक्रिया अघि बढाइने नेपाली काँग्रेस बाजुराका सचिव रनसिंह अयडीले जानकारी दिए । उनले दिएको जानकारी अनुसार जिल्लाको क्रियाशिल सदस्यता विवाद अन्त्य भएकाले सदस्यता कति भए भन्ने कुनै यकिन हुन सकेको छैन ।
पाटीको केन्द्रीय सर्कुलर अनुसार वडामा असोज ५ गते, गाउँ÷नगरमा असोज ९ गते, प्रदेश निर्वाचन क्षेत्रमा असोज १२ गते र जिल्ला अधिवेशन असोज १५ गते हुने पार्टी सचिव एवं अधिवेशन प्रचार प्रसार उपसमिति संयोजक अयडीले बताए ।