Logo
Logo

‘झिंगाको पछि लागेर फूलबारी पुगिँदैन’


1.7k
Shares

काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी ओलीले नेकपा एकीकृत समाजवादी पार्टीमा लागेका नेता/कार्यकर्तालाई एमालेमा फर्कन आग्रह गरेका छन् ।

काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले घरमा आगो लगाएर हिँडेको पछि नलागेर एमालेमा फर्कन आग्रह गरेका हुन् ।

अध्यक्ष ओलीले माधव नेपालका कारण आफ्नो भविष्य अफ्ठ्यारोमा नपार्न नेता, कार्यकर्ताहरुलाई आग्रह गरे । ‘उहाँ पार्टी प्रमुख भएर धेरै वर्ष चलाउनुभयो । प्रधानमन्त्री भइसक्नुभयो । अब त जाने ठाउँ के छ र ? माथि कि कहाँ जाने ?,’ ओलीले प्रश्न गर्दै भने, ‘अरुको भविष्यसँग खेलबाड गर्ने ? देशको भविष्यसँग खेलबाड गर्ने ? म कार्यकर्ता साथीहरुलाई आग्रह गर्न चाहन्छु, भ्रममा नपर्नुस् ।’

अध्यक्ष ओलीले मौरीको संगत गरेर मात्रै फूलबारी पुगिने भन्दै एमालेमा लाग्न आग्रह गरे । ‘मौरीको संगत लागेर गयो भने फूलबारी पुगिन्छ । झिंगाको पछि लागेर फूलबारी पुगिँदैन । फोहोरको डंगुरमा पुगिन्छ । त्यस कारण मौरीका पछि लाग्नुस् । नेकपा एमाले भनेको मौरीको गोलो हो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्