दमौली । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको केन्द्रीय कमिटीको बैठक बन्दीपुरमा सुरु भएको छ । असोज ५ गतेसम्म चल्ने केन्द्रीय कमिटी बैठकमा समसामयिक एजेण्डा, भावी रणनीतिका विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा आगामी कार्ययोजना, राजनीतिक एजेण्डा, रणनीतिलगायतका विषयमा छलफल हुने नेकपाका नेता प्रकाश शाहीले जनाएका छन् । सरकारले प्रतिबन्ध फुकुवा गरेपछिको यो पहिलो केन्द्रीय कमिटी बैठक हो ।
विप्लव नेतृत्वको नेकपाका अझैपनि एक सय ५० बढी कार्यकर्ता जेलमा छन् । नेकपाले उनीहरुको फुकुवाको माग गर्दै आएको छ । केन्द्रीय कमिटीको बैठकपछि पत्रकार सम्मेलन गरी बैठकको निर्णय सार्वजनिक गर्ने जनाएको छ ।