जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन दिनभित्रै मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।
प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा शनिबार सम्पन्न कार्यकर्ता प्रशिक्षणबाट फर्कने क्रममा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले असोज ४ या ५ गतेसम्ममा मन्त्रिपरिषद विस्तार हुने बताएका हुन् । उनले भने– ‘केही प्राविधिक कारण मन्त्रिपरिषद विस्तार ढिलो भएको हो । अब ढिलो हुँदैन । असोज ४ या ५ गते भित्र मन्त्रिपरिषद विस्तार हुन्छ ।’
संविधान लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षाका लागि वर्तमन गठबन्धन बनेको चर्चा गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन आगामी चुनावसम्म कायम रहने दावी गरेका छन् ।