काठमाडौं । नेकपा एमालेमा सचिवालय गठन गर्ने प्रस्ताव गरिएको छ । आइतबार ललितपुरको च्यासलमा भएको एमाले स्थायी कमिटीको बैठकमा संगठन विभागले अध्यक्षको नेतृत्वमा सात सदस्यीय सचिवालय गठनकाे प्रस्ताव गरेको हो ।
यसअघि एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेको नेकपामा पनि यस्तै प्रकारको सचिवालयको अवधारणा थियो । त्यसैगरी प्रस्तावित विधानमा उपाध्यक्षको संख्या घटाएर सचिवको संख्या बढाइएको छ ।
नवौं महाधिवेशनमा उपाध्यक्ष र सचिवको संख्या पाँच(पाँच रहेको थियो । उप-महासचिव भने २ जना रहने छन् । केन्द्रीय कमिटी भने २ सय २५ जनाको रहने प्रस्ताव गरिएको छ । एमालेमा केन्द्रीय कमिटीको एक तिहाई संख्याको पोलिटब्युरो, पोलिटब्युरोको एक तिहाई संख्याको स्थायी कमिटी बनाउने गरिएको छ ।