काठमाडौं । तराई मधेस भन्नसाथ समथर र खेतीयोग्य जमीन भएको ठाउँ भन्ने बुझिन्छ । यहाँ यातायातको राम्रो व्यवस्था भएकाले एक ठाउँबाट अर्को ठाउँमा सहजै पुग्न सकिन्छ । थोरै खर्चमा पनि राम्ररी खान बस्न पुग्छ । पढ्न चाहनेले राम्ररी पढ्न सक्नछन् । यति हुँदा हुदै पनि प्रदेश–२ को शैक्षिक अवस्था निकै कमजोर छ ।
जनसंख्याकोको ठूलो हिस्सा ओगटेको प्रदेश २ लाई प्रदेशगत रूपमै शैक्षिक अवस्था हेर्दा दुर्गम क्षेत्र कर्णालीभन्दा पनि शिक्षामा पछि पर्नु दुःखद् हो ।
कर्णालीभन्दा पनि कमजोर
प्रदेश दुई साक्षरतामा निकै पछाडि परेको छ । यस क्षेत्रमा ८ जिल्ला पर्दछन् । हालसम्म कुनै पनि साक्षर घोषणा हुन सकेको छैन । प्रदेश दुई साक्षरतामा दुर्गम कर्णाली प्रदेश भन्दा पनि निकै पछाडि रहेको तथ्यांक छ ।
२०६८ सालको जनगणनाअनुसार नेपालको साक्षरता (१५ देखि ६० वर्ष उमेर) ६५.९४ प्रतिशत रहेको छ । सबैभन्दा बढी साक्षर भएको प्रदेश बागमती छ । यो प्रदेशको साक्षरता ७४.८५ प्रतिशत छ भने कर्णाली प्रदेशको साक्षरता ६२.७७ प्रतिशत रहेको छ । सबैभन्दा कम प्रदेश २ को साक्षरता रहेको छ । यो प्रदेशमा ४९.५४ प्रतिशत मात्र साक्षर रहेका छन् ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।