Logo
Logo

प्रदेश-१ र बागमतीमा छिट्टै हाम्रो सरकार बन्छ : माधव नेपाल


693
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पाटीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश नं–१ र बागमती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताएका छन् ।

सोमवार पेसागत महासंघ नेपालको राष्ट्रिय समितिको बिस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । उनले भने ‘एक र तीन नम्बर प्रदेशमा छिट्टै अब हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्न गइरहेको छ । तपाईंहरु स्वागत गर्नका लागि तयार रहनुस् भन्न चाहन्छु ।’

उनले प्रदेश नम्बर २, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीको सशक्त उपस्थिति रहेको दाबी गर्दै नेताहरुलाई धन्यवाद समेत व्यक्त गरे । आफ्नो पार्टी कसैको पार्टीभन्दा कम नभएकाले नेता, कार्यकर्तालाई नआत्तिन उनले आग्रह गरे ।

अध्यक्ष नेपालले एमालेबाट आफूहरु चोइटिएर हाइसञ्चो भएको भन्ने केपी ओलीको भनाइप्रति लक्षित गर्दै हाइसञ्चो भएको मान्छेले किन संसद्‌मा नारा लगाउनुपर्‍यो भन्ने प्रश्न गरे।

‘आज हामी सुनिरहेका छौँ चोइटिएर केही मान्छेहरु गए, हाइसञ्चो भयो। यो साँच्चै हो भने त त्यो संसद्‌मा नारा किन लगाउनुपर्‍योरु कति छन्, ९ प्रतिशत छन्, २ प्रतिशत छन्, पिलो निचोरिएर आनन्द भयो भन्ने मान्छेले दिनदिनै किन त्यहाँ कराउनुपर्ने स्थिति बनेको छ संसदमा’, नेपालले भने।

उनले सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसद्‌मा कुरा उठाउन नपाइने भएपनि एमाले सांसदहरु अरुको काँधमा चढेर, माइक खोस्दै नाँक भाचिदिन्छु भन्दै संसद्‌मा उफ्रिएको नेपालले टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस्