काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावपछि पनि गठबन्धनलाई निरन्तरता दिने बताएका छन् ।
बुधबार पूर्वपरराष्ट्रमन्त्री सहाना प्रधानको सातौँ स्मृतिमा आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आगामी चुनावपछि पनि वाम–लोकतान्त्रिक गठबन्धनलाई अगाडि बढाउने सोच रहेको बताए ।
‘पाँच दल मिलेर वाम–लोकतान्त्रिक गठबन्धन बनाएका छौँ’ उनले भने, ‘यो सरकार आगामी चुनावसम्म सहकार्यका साथ अगाडि बढ्ने छ । त्योभन्दा अगाडिसम्म पनि बढाएर लैजाने हाम्रो सोच रहेको छ ।’ अध्यक्ष नेपालले वर्तमान सरकारमा छिट्टै सहभागी हुने पनि बताए ।