काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले भोलि (बिहीबार)सम्म मन्त्रिपरिषद् बैठक विस्तार हुने बताएका छन् ।
बुधबार बसेको स्थायी समिति बैठकमा उनले अध्यादेशका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भन्दै भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुने ब्रिफिङ गरेका हुन् ।
बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले बैठकमा अध्यक्षले गरेको ब्रिफिङका क्रममा अध्यादेशका कारण ढिला भए पनि अब ढिला नहुने जानकारी गराएको बताए ।
प्रचण्डको भनाइ उद्धृत गर्दै महराले भने, ‘सरकार विस्तारको विषय अध्यादेशले ढिलो भयो, अव यसलाई टुङ्ग्याएर आज वा भोलिभित्र मन्त्रिपरिषद् विस्तार हुन्छ, दल विभाजनसम्बन्धी अध्यादेशलाई निष्क्रिय बनाउन प्रतिस्थापन विधेयक ल्याउन सकिन्छ ।’
राजनीतिक दल सम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा पेश गर्ने उनले जानकारी दिए ।