Logo
Logo

भारतीय मिडियाद्धारा ओलीको खण्डन


16.7k
Shares

काठमाडौं । बिबिसी हिन्दीले नेपालका नेताहरूले आफ्नो जनाधार खस्कँदै गएपछि भारतको विरोध गर्दै राष्ट्रवादीको छवि बनाउने गरेको आरोप लगाएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सार्वजनिक गरेको पार्टीको परराष्ट्र नीतिमा भारत र अमेरिकाको आलोचना र चीनको तारिफ गरिएको थियो । ओलीको खण्डन गर्दै बिबिसीले भनेको छ, ‘तराईमा आर्थिक नाकाबन्दी हुँदा ओलीले चीनसँग मिलेर भारत चिढ्याउने काम गरे । त्यस क्रममा उनले चीनसँग व्यापार र यातायात सम्झौतासमेत गरे ।’

एक प्रोफेसरको भनाइ उदृत गर्दै बिबिसी हिन्दीले नेपालमा कुनै नेता संकटमा परे भारतविरोधी बयानबाजी गरेर चर्चा कमाउने तर भारतले भने फर्केर जवाफ नदिने बताएका छन् ।

उक्त सञ्चारमाध्यमले आधिकारिक रुपमा भारतले कहिल्यै नेपालको नयाँ संविधानमाथि विरोध नगरेको बताएको छ । नेपालको नयाँ संविधानले तराईका जनतालाई नसमेटेको भन्दै त्यसमा भारतको चिन्ता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्