Logo
Logo

राष्ट्र बैंकको प्रतिवेदन: बाह्य क्षेत्र दबाबमा


441
Shares

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महीना अर्थात् साउनमा समग्र अर्थतन्त्रको विभिन्न सूचकमा नकारात्मक संकेत देखिनुका साथै बाह्य क्षेत्र दबाबमा परेको देखिएको छ ।

साउन महीनामा शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चिति, मूल्य वृद्धि तथा विप्रेषण आप्रवाहलगायत सूचकमा नकारात्मक संकेत देखिएको हो ।

साउन महीनामा शोधनान्तर स्थिति पुनः घाटामा गएको छ । विदेशी मुद्रा सञ्चिति घट्ने क्रमले निरन्तरता पाएको छ भने विप्रेषण आप्रवाह पनि दोहोरो अंकले घटेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको चालू आवको पहिलो महीनाको समग्र आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनअनुसार साउनमा आर्थिक क्षेत्रका विभिन्न सूचक नकारात्मक देखिएका छन् ।

साउनमा मुलुकबाट बाहिरिने र भित्रिने रकम बीचको अन्तर (शोधनान्तर स्थिति) पुनः घाटामा आएको छ । गत जेठ मसान्तसम्म रू. १५ अर्ब १५ करोडले घाटामा रहेकोमा शोधनान्तर स्थिति असार मसान्तसम्म आउँदा १ अर्ब २३ करोडले बचतमा थियो ।

तर, साउन मसान्तसम्म आउँदा पुनः घाटामा गएको छ । प्रतिवेदनअनुसार साउनमा शोधनान्तर स्थिति रू. ३८ अर्ब ७५ करोडले घाटामा छ । गत आवको सोही महीना (साउन) मा पनि शोधनान्तर स्थिति रू. ५१ अर्ब ४६ करोडले बचतमा थियो ।, यो समाचार आर्थिक अभियान दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्