काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज (शुक्रबार)देखि सुरु हुँदै छ ।
एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा विहान ११ बजे बैठक बस्न लागेको जानकारी दिए ।
बैठकमा असोज १५, १६ र १७ गते हुने विधान महाधिवेशनका लागि राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि भोलिसम्म छलफल हुने उनले बताए ।
तामाङका अनुसार बैठकले विधान महाधिवेशनमा लगिने विभिन्न प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ ।