Logo
Logo

‘दशैँ अगाडि एक लाख बालबालिकालाई खोप’


1.4k
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैं अगाडी सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड–१९ विरुद्धको खोप ल्याउने बताएका छन् ।

शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले दशैँअघि एक लाख डोज ‘मोडोनारा’ र ‘फाइजर खोप’ बालबालिकाका लागि वितरण हुने बताए । यसका लागि मन्त्रालयले अन्तिम तयारी गरिरहेको जनाइएको छ ।

उनले भने, ‘बालबालिकाका लागि आवश्यक खोपको सुनिश्चितता भइसकेको छ । खोप अत्याधिक चिसोमा राख्नुपर्ने भएकाले कसरी भण्डारण गर्ने भन्ने विषयमा छलफल हुँदैछ ।’ उनले आगामी चैत महिनाभित्र कोरोनाविरुद्धको पूर्ण खोप लगाई सक्ने तयारी भइरहेकोसमेत जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्