Logo
Logo

माछापुच्छ्रे बैंकको १४ प्रतिशत लाभांश


63
Shares

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २०७८ असोज ६ गते बसेको संचालक समितिले गत आर्थिक वर्ष २०७७/७८ को खुद मुनाफाबाट शेयरधनीलाई चूक्ता पूँजीको १४ प्रतिशत रु. १,२६७,४३२,६३२ लाभांश (करसहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ । उक्त लाभांशअन्तर्गत बैंकले १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामि बार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गर्ने निर्णय गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७४ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १७ रुपैंया ७६ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ९ अर्ब ५ करोड रुपंैया तथा साधारण जगेडा कोषमा २ अर्ब २ करोड रुपैंया संचित छ ।

माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६२ वटा शाखाहरु र १७५ शाखारहित बैकिङ सेवा, ७ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३४४ स्थानवाट १० लाख भन्दा बढि ग्राहक महानुभावहरुमा सम्पुर्ण बैकिङ सुविधा प्रदान गरिरहेको छ । साथै बैंकको देशभर २०३ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्