Logo
Logo
एमाले केन्द्रीय कमिटी

एमाले केन्द्रीय कमिटी बैठक बस्नुअघि समूहगत छलफल


1.2k
Shares

काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदनमाथिको छलफल जारी छ । प्रतिवेदनमाथि छलफल गर्न १० समूह विभाजन गरिएको छ । ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बोलाइएको बैठकअघि समूहगत छलफल भैरहेको छ ।

भूगोलका सात प्रदेशका सात तथा जनसङ्गठन, केन्द्रीय विभाग र विशेष प्रदेशका तीन गरी १० समूहमा प्रतिवेदनमाथिको छलफल जारी छ ।
यही असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनमा ती दस्तावेज पेश हुनेछन् । बैठकमा राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदन महासचिव ईश्वर पोखरेल र विधान मस्यौदा प्रस्ताव उपमहासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्