काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेताहरुले काम नगरेका कारण पार्टी लथालिंग अवस्थामा पुगेको बताउँदै आफूले फस्ट म्यान भएर काम गर्न चाहेको बताएका छन् ।
शबिनार काठमाडौं महानगरपालिका वडा नम्बर १७ ले आयोजना गरेको कार्यक्रममा नेता सिंहले फेरि पुरानै नेताहरुलाई नेतृत्व सुम्पिए कांग्रेसको हालत प्रजा परिषदको जस्तै हुने दावी गरे ।
‘उहाँहरुले डेमोक्रेसी ल्याउन त्याग, तपस्या, कुर्वानी गर्नुभएको छ । त्यसप्रति सम्मान छ । तर अवसर पाएर पनि काम गर्न नसक्ने नेताहरुलाई राख्न मिल्दैन’ नेता सिंहले भने । उनले आफूले लामो समय पार्टीको दोस्रो तहमा रहेर काम गरेको भन्दै अब सभापति भएर काम गर्न चाहेको बताए । उनले १४औँ महाधिवेशन फेरि सार्न खोजेको भन्दै आक्रोससमेत व्यक्त गरे ।