Logo
Logo

वामदेव गौतम नयाँ दल गठन गर्दैछन् ?


7.9k
Shares

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक जारी छ । विधान महाधिवेशनको पूर्वसन्ध्यामा जारी बैठकमा प्रस्तावित विधान मस्यौदा, राजनीतिक एवं सांगठनिक प्रतिवेदनबारे छलफल चलिरहेको छ । तर बैठकमा नेता वामदेव गौतम सहभागि छैनन् ।

गत १८ भदौंमा एमालेको उपाध्यक्षसहित सम्पूर्ण जिम्मेवारीबाट गौतमले राजीनामा दिइसकेका छन् । पार्टी केन्द्रीय कार्यालय थापाथलीमा आफै उपस्थिति भई गौतमले अध्यक्ष केपी शर्मा ओलीमाथि १० वटा आरोप लगाउँदै राजीनामा दिएका थिए ।

तर, पार्टीले उनको राजीनामा अझै स्वीकृत गरेको छैन् । उनी अन्य कुनै दलमा प्रवेश पनि गरेका छेनन् । गौतमले एमालेबाट राजीनामा दिइसकेपछि माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्ने धेरैको बुझाई रहेको छ । तर उनी अझै सो पार्टीमा प्रवेश गरेका छैनन् ।

एमालेबाट राजीनामा दिएपछि अहिले गौतम के गर्दैछन् ? के उनी छुटै राजनीतिक दल गठनको आन्तरिक तयारीमा छन् ? यस बारेमा गौतमले भने, राजनीतिक व्यक्तिले पार्टी फुटाएर अर्को पनि बनाउन सक्छ । मलाई थाहा छ कि राजनीतिक व्यक्तिले पार्टी फुटाउन सक्छन्, अर्को पार्टी बनाउन पनि सक्छन् । तर, म अहिले भर्खरै त्यस्तो मानसिकतामा पुगेको छैन ।’

गौतमको राजीनामा एमालेले स्वीकृत नगरे पनि उनले ओलीको नेतृत्वमा आफू बस्नै नसक्ने स्पष्ट पारे । गौतमले भने– ‘मैले राजीनामा दिइसकेपछि भयो, स्वीकृत गर्नै पर्दैन् । म एमालेमा बस्न सक्दिन भनेपछि स्वीकृत गर्नु वा नगर्नुको कुनै अर्थ नै छैन् ।’

आफ्नो राजीनामा अस्वीकृत गरेर पार्टीमा फर्काउन सकिन्छ की भन्ने उनको (ओली) दिमागमा कुरा आएको हुनसक्ने उनले बताए । तर आफूले ओलीमाथि विभिन्न १० वटा आरोप लगाएकाले एमाले पार्टीमा बस्न नसकिने बताए ।

राजीनामा पत्रमा आफूले ओलीमाथि १० वटा आरोपहरू लगाएको बताउँदै उनले आफ्नो राजीनामा स्वीकृत गरे पनि नगरे पनि ओलीमाथि लगाइएका ती आरोपहरूलाई पार्टीले सुरक्षित राख्नुपर्ने बताए । आफ्नो राजीनामा पार्टीको एउटा महत्वपूर्ण दस्तावेज भएकाले पार्टीले त्यसलाई सुरक्षितसाथ राख्नुपर्ने उनको भनाइ रहेको छ ।

उमेर र राजनीतिक दुबै हिसाबले आफू ओलीभन्दा सिनियर भएको गौतमले बताए । ‘म राजनीतिक व्यक्ति हुँ । केपी ओलीभन्दा अगाडिको हुँ । उमेरले पनि जेठो हुँ, पार्टीमा लागेको हिसाबले पनि जेठो हो । नेतृत्वमा पुगेको पनि केपी ओलीभन्दा धेरै पहिले नै हो । मैले धेरै क्षेत्रमा पार्टी निर्माण गरेको छु । यस्तो अवस्थामा उनको नेतृत्वमा त्यहाँ बसिरहन मलाई उपयुक्त लागेन । मैले केपी ओलीको नेतृत्वमा बसिरहनुहुँदैन् ।’, गौतमले भने ।

एमालेमा छलफलका लागि प्रस्तुत गरेका विचार र प्रस्तावहरूप्रति ओलीले रुचि नदेखाएको आरोप लगाउँदै उनले ओली निकटस्थहरुले बैठकमा बोल्नसमेत नदिएपछि आफू बैठकमा जान छाडेको बताए ।

‘जुन दस्तावेजहरु बैठकमा लगे, त्यसमा छलफलका निम्ति उनले (ओलीले) ‘इन्टरटेन’ नै गरेनन् । वामदेवले यस्तो–यस्तो विषयमा छलफल गर्न चाहनुभएको छ भन्दा पनि भनेनन् । मैले पछिल्लोपटक स्थायी कमिटीको बैठकमा कुरा राख्दै थिएँ, केपी ओलीका एकजना सल्लाहकार सभापति केशव बडालले ममाथि झम्टिए । मलाई बोल्नै दिएनन् । उनीहरुले यस्तो गरेका छन् र म त्यही दिनदेखि बैठकमा गएको छैन ।’

प्रतिक्रिया दिनुहोस्