Logo
Logo

नेप्सेमा उच्च अङ्कको गिरावट


1k
Shares

काठमाडौं । शेयर कारोबार हुने साताको पहिलो दिन आज धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६१ दशमलव २७ बिन्दुले घटेर दुई हजार ७५८ दशमलव ४८ मा ओर्लिएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १० दशमलव ७० बिन्दुले घटेर ५१९ दशमलव ३६ मा ओर्लेको छ । कूल २ सय ३३ कम्पनीको एक करोड ४४ लाख ९४ हजार २ सय ६० कित्ता शेयर रु ६ अर्ब ५० करोड एक लाख १७ हजार ७८० मूल्यमा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब ६१ अर्ब ३७ करोड २७ लाख ६० हजारको हाराहारीमा रहेको छ ।

नेप्सेका अनुसार आज सामूहिक लगानी कोषबाहेक अरु १२ वटा उपसमूहको शेयर ओरालो लागेको छ । सामूहिक लगानी कोष ०.०३ बिन्दुले उकालो लाग्दा बैंकिङ १८ दशमलव २९, व्यापार ९८ दशमलव ७४, होटल तथा पर्यटन ८८ दशमलव ९७, विकास बैंक १३० दशमलव ६४, जलविद्युत् १३५ दशमलव ०३, वित्त १५६ दशमलव १७, निर्जीवन बीमा ३५६ दशमलव ७६, उत्पादन ११६ दशमलव ७५, अन्य ४४ दशमलव १३, लघुवित्त १२० दशमलव ९९, जीवन बीमा ३७१ दशमलव ३१ र लगानी ३ दशमलव २३ बिन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३३ करोड ९५ लाख ७३ हजार ६५५ बराबरको कारोबार भयो । यस्तै, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स रु ३१ करोड ८८ लाख ९९ हजार ५००, नेपाल बैंक रु २१ करोड ३४ लाख ९५ हजार ३१३, कामना सेवा विकास बैंक रु २० करोड ५८ लाख ६२ हजार २५०, नेशनल हाइड्रो पावर रु १७ करोड ८३ लाख ७६ हजार ८९४ र मेघा बैंक रु १७ करोड ७० लाख ९१ हजार २४० बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको छ । यस्तै, हालैमात्र कारोबारमा आएको मैलुङखोला जलविद्युत् कम्पनीको शेयर मूल्यमा ६ दशमलव शून्य ३ प्रतिशतले वृद्धि भएको छ । सिटिजन म्युचुअल फण्ड एकको ३ दशमलव ४०, सनराइज फस्ट म्युचुअफ फण्डका लगानीकर्ताले २ दशमलव ३१ प्रतिशतले कमाए ।

आइसिएफसी फाइनान्स ८ दशमलव ९८, घलेम्दी हाइड्रोपावर ७ दशमलव ९६, मल्टीप्रपोज फाइनान्स कम्पनी ७ दशमलव ६६, वेसट फाइनान्स कम्पनी ७ दशमलव ६०, माउण्टेन हाइड्रो नेपालका लगानीकर्ताले ७ दशमलव ३७ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्