काठमाडौं । कांग्रेसमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच स्थानीय तहबाटै तीव्र प्रतिस्पर्धा देखिएको छ । शनिबार र आइतबार भएको स्थानीय तहको अधिवेशनमा दुवै समूह प्यानल बनाएरै प्रतिस्पर्धामा उत्रिएका थिए ।
आइतबार साँझसम्म ३ सय १४ स्थानीय तहको नतिजा आएकामध्ये १ सय ६४ मा देउवा ९केहीमा कृष्णप्रसाद सिटौलासहित० समूहका सभापति चुनिए भने १ सय ४३ पालिकामा पौडेल समूहका सभापति आएका छन् । सात स्थानीय तहमा कतै नखुलेका नेता सभापति बनेका छन् ।
केन्द्रीय निर्वाचन समितिले आइतबारसम्म ५४ जिल्लामा पालिका अधिवेशन भएको जनाएको छ । वडा अधिवेशन भएका ६४ जिल्लामध्ये १० जिल्लाको पालिका अधिवेशन भने हुन बाँकी छ । निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसीले केही पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको जानकारी दिए ।
‘कतै निर्वाचनमार्फत नेतृत्व चयन कार्य भइरहेको छ,’ उनले भने । आइतबार निर्वाचन भएको भक्तपुरका चार वटै नगरपालिकामा दुई वटै समूह प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका थिए । सूर्यविनायक र चाँगुनारायणमा देउवा समूह तथा मध्यपुर र भक्तपुरमा पौडेल समूहले नगर सभापति जितेका छन् ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।