Logo
Logo

राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार : माओवादी


882
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुनुपर्ने बताएको छ । पार्टी कार्यालय पेरिसडाँडामा सोमबार विहान बसेको स्थायी समिति बैठकले मन्त्रिमण्डल विस्तारका लागि पहिला राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिनु पर्ने जनाएको हो ।

अहिले जारी कानुनी जटिलता मिलाएपछि मात्र मन्त्रिपरिषद् विस्तारका लागि अघि बढ्ने निर्णय भएको माओवादी केन्द्रका संसदीय दलका नेता देवप्रसाद गुरुङले जानकारी दिए ।

‘केही कानुनी जटिलताका विषय भएकाले त्यसलाई पन्छाइसकेपछि बल्ल मन्त्रिमण्डलको बारेमा प्रवेश गर्ने भन्ने कुरा भएको छ’ गुरुङले भने ।

सरकारले आज मन्त्रिपरिषद बैठक राखेर संसदको अधिवेशन अन्त्य गर्दै अध्यादेश फिर्ता लिने तयारी गरेको छ । यसबीच माओवादीको स्थायी समिति बैठक बसेको थियो ।

यो पनि

प्रतिक्रिया दिनुहोस्