Logo
Logo

राष्ट्रिय सभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित


252
Shares

काठमाडौं । राष्ट्रियसभाले नेकपा (एमाले)को विरोधकाबीच बजेटसँग सम्बन्धित दुई विधेयक पारित गरेको छ । राष्ट्रियसभामा सोमबार बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले उठेर विरोध गरेका थिए ।

सभाध्यक्ष गणेश तिमल्सिनाले एमालेको विरोधकाबीच आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधयेक २०७८ माथिको दफाबार छलफल अगाडि बढाए ।

दफाबार छलफलमा कुनै पनि सांसदले भाग लिएनन् । र सभाले दुवै विधेयक बहुमतले पारित गरेको छ ।

दुवै विधेयक प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा गएको थियो । सोमबार राष्ट्रिय सभाले पनि पारित गरेर पुनः प्रतिनिधिसभामै पठाएको छ ।

अब आजै दिउँसो दुई बजे बस्ने प्रतिनिधिसभाको बैठकमा राष्ट्रियसभाले पारित गरेको संदेश पेश हुनेछ छ ।

प्रतिक्रिया दिनुहोस्