Logo
Logo

मन्त्रिपरिषद बैठक बस्दै, दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर्ने तयारी


1.4k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर्न सोमबार बेलुका चार बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

सत्ता गठबन्धनका शीर्ष नेताबीचको सहमतिअनुसार सोमबार चार बजे बस्ने मन्त्रिपरिषद बैठकले अध्यादेश खारेजको निर्णय गर्ने तयारी गरेको छ ।

मन्त्रिपरिषदको निर्णय लगत्तै अध्यादेश खारेजको सिफारिस राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी छ । सत्तारुढ गठबन्धन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि अध्यादेश फिर्ता लिने तयारी भएको पार्टी स्थायी कमिटी बैठकमा सोमबार बिहान बताएका छन् ।

माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यले बैठकमा प्रचण्डले अध्यादेश फिर्ता लिन आजै चार बजे मन्त्रिपरिषद बैठक बस्ने र त्यसलगत्तै सत्ता गठबन्धनको बैठक बसेर मन्त्रालय भागबण्डामा छलफल हुने बताए ।

सरकारले गत साउन २ गते दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो । संविधान अनुसार संसदको अधिवेशन सञ्चालनमा आएको पहिलो बैठकमा अध्यादेश पेस गर्नुपर्छ ।

यो पनि

प्रतिक्रिया दिनुहोस्