Logo
Logo

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्न सिफारिस


4.9k
Shares

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको गरेको हो । अब राष्ट्रपतिबाट प्रमाणीकरण भएलगत्तै उक्त अध्यादेश खारेज हुने छ ।

सरकारले गत भदाै १ गते दल विभाजनका लागि बीस प्रतिशत सांसद वा केन्द्रीय सदस्य भए पुग्ने व्यवस्थासहित राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको थियो । सरकारले उक्त अध्यादेश फिर्ता लिने तयारी गरेको हो ।

सरकारले नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) विभाजनका लागि सहज बनाउने उद्देश्यका साथ अध्यादेश ल्याएको थियो । अध्यादेशकै आधारमा नेकपा एमालेबाट तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वका एमाले विभाजन गर्दै नेकपा एकीकृत समाजवादी पार्टी र जसपा नेता महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी गठन भइसकेको छ ।

राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउनुको उद्देश्य पूरा भएपछि सरकारले ४२ दिनपछि अध्यादेश फिर्ता गरेको हो । अध्यादेश फिर्ता गर्ने निर्णसँगै मन्त्रिपरिषद्ले समेत पूर्णता पाउने भएको छ । अध्यादेश कायमै रहँदा मन्त्री नपाएकाहरुले पार्टी विभाजन गर्ने खतरा रहेको भन्दै जसपाले अध्यादेश फिर्ता भएपछि मात्र आफ्नो तर्फबाट मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाउने अडान लिँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्