Logo
Logo

भारतमा साढे ६ महिनायताकै न्यून संक्रमण


1.1k
Shares


काठमाडौं । छिमेकी देश भारतमा कोरोना संक्रमण नियन्त्रण हुँदै गएको छ । पछिल्लो २४ घन्टामा नयाँ संक्रमितहरुको संख्या २०१ दिनपछिकै सबैभन्दा कम भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा १८ हजार ७९५ जना मात्रै नयाँ संक्रमित भएका छन्। यो गत चैतयताकै न्यून हो । त्यसमध्ये पनि आधा संक्रमित केरला राज्यका छन् । अन्य राज्यमा जनजीवन सामान्य भइसकेको छ ।चैतमा भारतमा दोस्रो लहर सुरु भएको थियो । भारतमा मृत्युको संख्या पनि घट्दो छ । २४ घन्टामा एक सय ७९ जनाले ज्यान गुमाएका छन् । भारतमा अहिलेसम्म कुल संक्रमितहरुको सङ्ख्या तीन करोड ३६ लाख ९७ हजार ५८१ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्