काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य लेखराज भट्टले पार्टीको सुदूरपश्चिम प्रदेशको इञ्चार्ज आफू नै भएको दाबी गरेका छन् ।
१० बुँदे कार्यान्वयन गर्न गठन भएको कार्यदलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीको सुदूरपश्चिम प्रदेशको इञ्चार्ज आफै भएको दाबी गरेका हुन् ।
उनले कार्यदलको बैठकमा ०७५ जेठ २ , जेठ ३ र पछिल्लो समय पार्टीमा क्रियाशील रहेकाहरुको कामको मूल्यांकनलाई आधार बनाएर अघि बढ्ने विषयमा छलफल भएको जानकारी दिए ।
अहिले एमालेमा उपाध्यक्ष भीम रावल र नेता भट्टबीच सुदूरपश्चिम प्रदेशको पार्टीको इञ्चार्ज को हुने भन्ने विषयमा विवाद छ ।