Logo
Logo

सभामुखविरुद्धको मुद्धा आज पनि हेर्न नमिल्नेमा


1.4k
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध मुद्धा आज पनि ‘हेर्न नमिल्ने’मा परेको छ । पूर्णिमाया लामालगायतले दायर गरेको मुद्दाको सुनुवाइका लागि बुधबार संवैधानिक इजलासमा पेसी तोकिएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पहिलो नम्बरमै सुनुवाइका लागि पेसी तोकिएको भएपनि मुद्दा हेर्न नमिल्नेमा परेको हो । संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन्।

द्वन्द्वकालमा भएको एक हत्यामा सभामुख अग्नि सापकोटाविरुद्ध अनुसन्धान हुनुपर्ने माग गर्दै २०६८ सालमा सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो ।

कनमणि दीक्षित र सुशिल प्याकुरेल लगायतले दारयर गरेको रिटपनि संयुक्त रुपमा इजलासमा पेसी चढेको थियो । यसअघि १६ भदौमा मुद्दा पेसीमा चढेर हेर्न नमिल्नेमा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्